Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 10:1-12:13

सलहहरू

10 परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनकहाँ जाऊ। मैले फिरऊन र उसका अधिकारीहरूलाई जिद्दी बनाएको छु। मैले मेरा शक्तिशाली चमत्कारहरू प्रदर्शन गर्न यसो गरें अनि तिमीले आफ्नो छोरा-छोरी तथा नाती नातिनाहरूलाई मैले मिश्रमा प्रदर्शन गरेका शक्तिशाली चमत्कारहरू र अन्य चीजहरू भन्न सक्ने छौ। तब तिमीहरू सबैले जान्नेछौ म परमप्रभु हुँ।”

यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।’ यदि तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो भूमिमा सलहहरू ल्याइ दिनेछु। सलहहरूले जमीन ढाक्नेछन्। जमीनमा धेरै सलहहरू हुनेछन्। तिमीले जमीन देख्न सक्ने छैनौ। सलहले खेतका प्रत्येक कुरा अनि रूखहरू खानेछन्। मिश्रमा भएका सबै घरहरू, तपाईंका कर्मचारी र तपाईंका घर सलहहरूले छोप्नेछन्। त्यहाँ तपाईंका पिता-पुर्खाहरूले देखेको भन्दा अधिक सलहहरू हुनेछन। त्यहाँ यति धेरै सलहरू देखियो की मिश्रदेशमा मानिसहरू बसो-वास गर्न लागेयता त्यति कहिल्यै देखिएका थिएनन्।” त्यसपछि मोशाले फिरऊनबाट विदा लिए।

त्यसपछि कर्मचारीहरूले फिरऊनलाई सोधे, “कहिलेसम्म हामी यी मानिसहरूको फन्दामा परिरहने छौं? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न मानिसहरूलाई जान दिनुहोस्। यदि तपाईंले जान दिनु भएन भने, तपाईंले चाल पाउनुअघि नै मिश्र ध्वंश हुनेछ।”

यसकारण फिरऊनका सेवकहरूले मोशा अनि हारूनलाई फिरऊनकहाँ फर्काएर ल्याए। फिरऊनले तिनीहरूलाई भने, “जाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर साँच्चै को जाँदै छन् मलाई भन?”

मोशाले उत्तर दिए, “हाम्रा केटा-केटी, बूढा-बूढी जति छन् सबै जानेछन्। हामी हाम्रा छोरा-छोरीहरू, हाम्रा भेंडा तथा गाई वस्तुहरू पनि लिएर जानेछौं। हामी सबै जानेछौं कारण परमेश्वरको भोज हामी सबैको निम्ति हो।”

10 फिरऊनले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूको केटा-केटीहरूसमेत जान दिंदा मेरो लागि परमप्रभु साँच्चै नै तिमीहरूसित हुनुपर्छ। तिमीहरूले केही नराम्रो योजनाहरू बनाइरहेका छौ। 11 होइन! मात्र तिम्रा मानिसहरू परमप्रभुको आराधना गर्न लान सक्छौ।” अनि फिऊनले मोशा र हारूनलाई पठाए।

12 परमप्रभुले मोशालाई भन्नुभयो, “तिम्रो पाखुरा मिश्र देशमाथि उठाऊ र सलह आउनेछन अनि मिश्रको समस्त भूमिमा फैलिनेछन्। असिनाले नष्ट नपारेको सबै उद्भिदहरू सलहले खाईदिने छन।”

13 यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो। 14 सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्। 15 ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए।

16 फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु। 17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।”

18 मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे। 19 यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा[a] पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्। 20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन।

अँध्यारो

21 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”

22 मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो। 23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।

24 फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेंडा र गाई-वस्तुहरू यहीं छोडेर जानु पर्छ।”

25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ। 26 जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाड्ने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तब्य स्थानमा पुग्छौं।”

27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। 28 तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”

29 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।”

पहिले जन्मनेहरूको मृत्यु

11 तब परमप्रभुले मोशालाई भन्नु भयो, “मैले अझ फिरऊन अनि मिश्रमाथि एउटा विपत्ति ल्याउनुपर्छ। त्यसपछि मात्र उसले तिमीहरूलाई मिश्रबाट जान मात्र दिंदैन बलपूर्वक जानु भनी जोर लगाउनेछ। तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ ‘पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसँग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।’” परमप्रभुले मिश्रका मानिसहरूलाई तिमीहरूप्रति दयालु हुनेछ। मिश्री मानिसहरू र फिरऊनका शासकहरूले मोशालाई पहिलेदेखि महान-मानिस भनी मान्दछन्।

मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु, अनि प्रत्येक पहिला जन्मेको छोरा, फिरऊनको पहिलो छोरो मिश्रको शासक देखि लिएर जाँतो पिस्ने कमारीको पहिलो छोरोसम्म मिश्रमा मर्नेछ। पहिला जन्मिएका सबै मर्छ जसले मकै पिन्छ। पहिला जन्मेको सबै मानिसहरू अनि पशुहरू मर्नेछन्। मिश्रमा दुःखको क्रन्दनहरू हुनेछ त्यहाँ मिश्रमा त्यस्तो दुःखपूर्ण क्रन्दनहरू कहिल्यै भएको थिएन अनि त्यहाँ फेरि कहिल्यै हुने छैन। तर कुनै पनि इस्राएली मानिसमाथि यस्तो घट्ना हुनेछैन। यहाँसम्म कि तिनीहरूलाई कुकुरले पनि भुक्ने छैन। इस्राएली मानिसहरूमा मात्र होइन तिनीहरूका पशुहरूलाई पनि कुनै नोक्सान हुनेछैन। तिमीले जान्ने छौ यस प्रकारले म इस्राएली मानिसहरू अनि मिश्रीहरूमा भिन्दा भिन्दै प्रकारको व्यवहार गर्नेछु। त्यसपछि मिश्रका सबै पदाधिकारीहरू मेरोअघि निहुरिने छन् र मेरो आराधना गर्नेछन्। तिनीहरूले भन्नेछन्, “जाऊ! तिमीसँगै आफ्नो सबै मानिसहरूलाई लैजाऊ।” तब मोशा रिसाए र म फिरऊनलाई छोड्नेछु।’”

तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊनले तिम्रो कुरा सुनेको छैन। यसकारण म मिश्रमा आफ्नो महा-शक्ति देखाउन सकुँ।” 10 त्यसैले गर्दा मोशा र हारूनले फिरऊनअघि धेरै आश्चर्य कर्म गर्न सके। र यसैको निम्ति परमप्रभुले फिरऊनलाई अति अट्टेरी बनाउनु भयो, जसले गर्दा उसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएन।

निस्तार

12 जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो। “यो महिना नै तिमीहरूको निम्ति बर्षको पहिलो महिना हुनेछ। यो आदेश इस्राएलका सारा समुदायका निम्ति हो। यो महिनाको दशौं दिनमा आफ्नो घरका मानिसहरूको निम्ति प्रत्येक मानिसले एउटा थुमा ल्याउनु पर्छ। एउटा पाठो खाई सक्नलाई यदि कुनै मानिसको घरमा प्रशस्त मानिसहरू नभए उसले त्यस दिनको भोजमा भाग लिनको निम्ति छिमेकीलाई निम्त्याउनु पर्छ। प्रत्येक मानिसलाई पुग्ने पाठो हुनुपर्छ। पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। तिनीहरूले त्यो पाठोलाई महिनाको चौधौं दिनसम्म सावधानीसँग राख्नु पर्छ। त्यस दिन इस्राएली समुदायका मानिसहरूले साँझमा ती पाठाहरू मार्नु पर्छ। यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन् ढोकाहरूमाथि छर्नु पर्छ।

“त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। पाठो काँचो अथवा पानीमा उमालेर खानु हुँदैन। त्यो पाठो सबै आगोमाथि सेकाउनु पर्छ, त्यसको भित्र, टाउको र खुट्टाहरू शरीरबाट नछुट्टाई आगोमाथि सेकाउनु पर्छ। 10 बिहानसम्म मासुहरू बाँकि नराख। यदि केही मासुहरू रह्यो भने, त्यसलाई आगोमा जलाउनु पर्छ।

11 “जब तिमीहरू भोजन खान्छौ कतै बाहिर यात्रामा जाँदा जस्तै लुगा लाउनुपर्छ। तिमीहरूका खुट्टामा जुत्ता र हातमा टेक्ने लाठी हुनै पर्छ र हतार-हतार खानु पर्छ। किनभने यो परमप्रभुको निस्तार हो।

12 “आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ। 13 तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।

मत्ती 20:1-28

खेतालाहरूको उखान

20 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।

“प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए।

“फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’

“मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’

“उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’

“जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’

“पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। 10 त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। 11 जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। 12 खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’

13 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? 14 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। 15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’

16 “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”

येशूले आफ्नै मृत्युको कुरा गर्नु हुन्छ

(मर्कूस 10:32-34; लूका 18:31-34)

17 येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। 19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”

आमाको विन्ती छोराहरूको निम्ति

(मर्कूस 10:35-45)

20 तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्।

21 येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”

उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।”

22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”

तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”

23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।”

24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। 25 येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। 26 तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। 27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। 28 मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।”

भजनसंग्रह 25:1-15

दाऊदको भजन।

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
    जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु।
    तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ,
    तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
13 त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ,
    अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ।
    उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु।
    उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

हितोपदेश 6:6-11

अल्छी हुँदा खतरा

हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन। तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ। 10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” 11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International