Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 20-22

अब्राहाम गरार तिर जान्छन्

20 अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ। जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए। तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”

तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ? अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। यसर्थ अब्राहामलाई उसकी पत्नी फर्काइ देऊ। अब्राहाम एक अगमवक्ता हुन्। उनले तिम्रो निम्ति प्रार्थना गर्नेछन् र तिमी जीवित रहनेछौ। तर यदि तिमीले अब्राहामलाई सारा फर्काएनौ भने म प्रतिज्ञा गर्छु तिमी मर्नेछौ। अनि तिम्रा सबै परिवार तिमीसितै मर्नेछन्।”

यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए। त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो। 10 तिमी किन डराएका हौ? र किन मसित तिमीले यस्तो व्यवहार गर्यौ?”

11 तब अब्राहामले भने, “म डराएको थिएँ। मैले सोचें यस भूमिमा कसैले पनि परमेश्वरको डर मान्दैन होला यसर्थ मैले सोचें तिमीहरूले सारालाई पाउनका निम्ति मलाई मार्ने छौ। 12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। 13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’”

14 तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेंडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए। 15 अबीमेलेकले भने, “यो मेरो देश हो। तिम्रो वरिपरि हेर, तिमी जहाँ इच्छा गर्छौ त्यहीं बस्न सक्छौ।”

16 सारालाई अबीमेलेकले भने, “मैले तिम्रो दाज्यू अब्राहामलाई एक हजार चाँदीको टुक्राहरू दिएकोछु। मैले यो देखाउन दिएको हुँ जो घट्ना भयो त्यसको निम्ति म साह्रै नै दुःखी छु। प्रत्येकले जानून् तिमीले कुनै भूल गरेकी छैनौ।”

17 त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो। 18 किनभने परमप्रभुले अब्राहमकी पत्नी सारासित भएको घटनाले अबीमेलेकको घरमा भएका जम्मै महिलाहरूको गर्भ बन्द गराएर तिनीहरूलाई सन्तान उत्पन्न गर्न अयोग्य बनाइएको थियो।

अन्तमा साराको निम्ति एउटा बालक

21 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।

अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”

घरैमा कष्ट

इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए। एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। 10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”

11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ। 13 तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”

14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।

15 केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। 16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।

17 परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। 18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”

19 परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।

20 जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। 21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो।

अबीमेलेकसित अब्राहामको सन्धि

22 त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ। 23 यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”

24 अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।” 25 तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।

26 तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”

27 यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेंडाहरू र गाई वस्तुहरू दिए। 28 अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।

29 अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”

30 अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”

31 यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।

32 यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।

33 अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैँ जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। 34 अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै बर्षसम्म पलिश्तीहरूको देशमा बसे।

अब्राहाम, तेरो छोरोलाई मार

22 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!”

अनि अब्राहामले भने, “हजुर!”

तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”

बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए। तीन दिनसम्म यात्रा गरेपछि अब्राहामले माथितिर हेरे अनि तिनीहरू जानु पर्ने ठाउँ देखे। त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।”

अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!”

अब्राहामले उत्तर दिए, “भन, छोरा।”

इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”

अब्राहामले उत्तर दियो, “छोरो परमेश्वर आफैंले बलिदानको निम्ति थुमा बन्दोबस्त गरिदिनु हुँदैछ।”

यसरी अब्राहाम र तिनको छोरो इसहाकसँगै बलिदिने ठाउँमा पुगे। तिनीहरू त्यही निर्दिष्ट जग्गामा पुगे जहाँ परमेश्वरले अह्राउनु भएको थियो। त्यहाँ अब्राहामले वेदी बनाए अनि त्यसपछि वेदी माथि दाउरा राखेर आफ्नो छोरोलाई बाँधी वेदीमाथि राखिएको दाउरामाथि राखे। 10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।

11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!”

अब्राहामले उत्तर दिए, “हजूर।”

12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

13 तब अब्राहामले त्यहाँ एउटा थुमा देखे। त्यो भेंडाको पाठाको सींङ पोथ्रामा अड्किएको थियो। यसर्थ अब्राहामले त्यो थुमालाई मारे अनि आफ्नो छोराको बलिको सट्टामा त्यसलाई परमेश्वरको बलिदानको रूपमा चढाए। 14 यसकारण अब्राहामले त्यस ठाउँको नाउँ, “यहोवा यिरे” राखे। आज पनि मानिसहरूले भन्छन, “यस पर्वतमाथि परमप्रभुलाई देख्न सकिन्छ।”

15 परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए। 16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। 17 म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। 18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”

19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।

20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए। 21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्। 22 तब त्यहाँ केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए।” 23 बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए। 24 नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए।

मत्ती 7:15-29

अरूहरू जे गर्दछन् त्यो हेर्नु

(लूका 6:43-44; 13:25-27)

15 “झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। 16 तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। 17 त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। 18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” 19 असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। 20 यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ।

21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। 22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ 23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’

बुद्धिमान र मूर्ख मानिसहरू

(लूका 6:47-49)

24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। 25 त्यहाँ घनघोर पानी पर्यो अनि बाढी आयो। तुफान हुरीले त्यो घरलाई हान्यो। तर पनि त्यो घर ढलेन। किनकि त्यो घर चट्टानमाथि निर्माण गरिएको थियो।

26 “तर प्रत्येक मानिस जसले मेरा कुरा सुन्छ तर मेरो अनुशरण गर्दैन, त्यो एउटा मूर्ख मानिस जस्तै हो। उसले आफ्नो घर बालुनामाथि बनायो। 27 अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।”

28 येशूले उपदेश दिनु भएको सुनेर मानिसहरू छक्क परे। 29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।

भजनसंग्रह 9:1-12

प्रमुख संगीतकारलाईः अलामौथ ‘बिन’ रागमा गाउने दाऊदको भजन।

म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु।
    हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु।
    तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए
    तर तिनीहरू लडे र नष्ट भए।

तपाईं साँच्चो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ।
    हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो।
    हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो।
    तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो।
    अब, खाली भग्नावशेष मात्र छाडिएका छन्।
    ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ।
    परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ।
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ।
    उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
धेरै मानिसहरू संकष्टमा फँसेका छन्
    र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्।
ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्।
    परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन्
    तपाईंमाथि भरोसा राख्ने नै छन्।
हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने,
    तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ।
    अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो
    जसले उहाँलाई गुहारे।
ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए
    अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

हितोपदेश 2:16-22

16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ। 17 जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली। 18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ र उसको पछि लाग्ने मर्नेछ। 19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ। 21 ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। 22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International