Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 30:1-31:16

30 राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”

याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।”

त्यसपछि राहेलले भनी, “तिमीले मेरी कमारी बिल्हालाई राख्न सक्छौ। त्यससित सहवास गर्नुहोस् अनि उनले मेरो निम्ति नानी जन्माउनेछे। तब उनले गर्दा म आमा हुन सक्छु।”

यसर्थ राहेलले आफ्नी कमारी बिल्हा आफ्नो पतिलाई दिइ। याकूबले त्यस कमारीसित सहवास गरे। बिल्हा गर्भवती भइन् अनि याकूबको निम्ति एउटा छोरो जन्माई।

राहेलले भनी, “परमेश्वरले मेरो प्रार्थना सुन्नु भयो र उहाँले मलाई एउटा छोरो दिने निर्णय गर्नु भयो।” यसर्थ राहेलले छोरोको नाउँ दान राखीन्।

बिल्हा फेरि गर्भवती भइन् अनि याकूबको अर्को छोरो जन्माई। राहेलले भनीन्, “मैले मेरी दिदीसित साह्रै कठिन प्रतियोगिता गर्नु पर्यो अनि अन्तमा मैले उसलाई जितें।” यसर्थ उनले त्यस छोरोको नाउँ नप्तालि राखीन्।

लेआले थाहा पाइन, उनले नानी पाउन छोडिन। यसर्थ उनले याकूबलाई आफ्नी नोकर्नी जिल्पा दिइन्। 10 तब जिल्पाले एउटा छोरो जन्माई। 11 लेआले भनीन्, “म भाग्यमानी हुँ।” यसर्थ उनले छोरोको नाउँ गाद राखीन्। 12 लेआकी कमारी जिल्पाले फेरि अर्को छोरो पाई। 13 लेआले भनीन्, “म एकदमै खुशी छु, अब स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसर्थ उनले त्यस छोरोको नाउँ आशेर राखीन्।

14 गहूँको फसल काट्ने समयमा रूबेन खेतमा गए अनि विशेष प्रकारको फूलहरू[a] पायो। उसले ती फूलहरू आफ्नी आमा लेआका लागि ल्यायो। तर राहेलले लेआलाई भनी, “तिम्रो छोरोले ल्याएको केही फूलहरू मलाई देऊ।”

15 लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।”

तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।”

16 त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते।

17 तब परमेश्वरले लेआलाई फेरि गर्भवती हुन दिनु भयो, उनले पाँचौं छोरो जन्माइन्। 18 लेआले भनिन्, “परमेश्वरले मलाई इनाम दिनु भएकोछ कारण मैले मेरा पतिलाई आफ्नी कमारी दिएकीछु।” यसर्थ लेआले आफ्नो त्यो छोरोको नाउँ इस्साखार राखीन्।

19 लेआ फेरि गर्भवती भइन् अनि छैटौं छोरो जन्माइन्। 20 लेआले भनिन्, “परमेश्वरले मलाई एकदम अमूल्य उपहार दिनु भयो। अब निश्चय याकूबले मलाई ग्रहण गर्नेछन् कारण उनलाई मैले छवटा छोराहरू जन्माइदिएँ।” यसर्थ उनले त्यस छोरोको नाउँ जबूलून राखीन्।

21 पछि लेआले एउटी छोरी जन्माई अनि त्यस छोरीको नाउँ दीना राखीन्।

22 त्यसपछि परमेश्वरले राहेलको प्रार्थना सुन्नु भयो अनि राहेललाई नानीहरू जन्माउनु सम्भव गराई दिनु भयो। 23 राहेल गर्भवती भई अनि एउटा छोरो जन्माई। राहेलले भनिन्, “परमेश्वरले मेरो अपमान हटाइ दिनुभयो अनि मलाई एउटा छोरो दिनु भयो।” 24 यसैकारण राहेले उसको नाउँ यूसुफ यसो भन्दै राखीन, “परमेश्वरले मलाई अझै अर्को छोरो दिऊन्।”

लाबानसित याकूबले चलाखी गर्छ

25 यूसुफ जन्मेपछि याकूबले लाबानलाई भन्यो, “अब मलाई आफ्नै घर फर्की जान दिनु होस्। 26 मेरा नानीहरू र पत्नीहरू दिनु होस्, तपाईंको निम्ति चौध बर्षसम्म कठोर सेवा गरेर तिनीहरूलाई पाएको हुँ। तपाईं जान्नु हुन्छ मैले तपाईंको निम्ति राम्रो सेवा गरेकोछु।”

27 लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ। 28 भन मैले तिमीलाई के दिनु पर्ने अनि म तिमीलाई त्यो दिनेछु।”

29 याकूबले उत्तर दियो, “तिमीलाई थाहा छ मैले तिम्रो निम्ति कठोर परिश्रम गरेकोछु। मैले हेरचाह गरेकोले तिम्रा पशुहरू पनि बढेका छन् अनि यो असल भएको छ। 30 म आउँदा तिमीसित अलिकति मात्र थियो। तर अहिले घेरै भएका छन्। मैले जे पनि गरे तपाईंको निम्ति, त्यसमा परमप्रभुले आशीर्वाद दिनु भएकोछ। अब आफ्नो निम्ति मैले केही गर्नु पर्ने समय आएको छ र मैले आफ्नो घर बनाउनु पर्छ।”

31 लाबानले सोध्यो, “तब मैले तिमीलाई के दिनु पर्ने?”

याकूबले उत्तर दियो, “तपाईंले मलाई केही दिनु पर्दैन। मैले गरेको कामको निम्ति तपाईंले मलाई ज्याला देऊ म चाहन्छु खाली यही एउटा कुरा मलाई देऊ। म फर्केर जान्छु अनि तपाईंका भेंडाहरूको हेरचाह गर्नेछु। 32 तर मलाई आज तपाईंका सबै भेंडाहरूको माझबाट जान देऊ अनि थोप्ले या सिंगारे प्रत्येक थुमा मलाई लान देऊ, कालो नयाँ बाख्रा अनि प्रत्येक थोप्ले अनि सिंगारे बाख्रा लान देऊ। यही मेरो ज्याला हुनेछ। 33 भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेंडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेंडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”

34 लाबानले उत्तर दिए, “तिम्रो कुरा म मान्छु। तिमीले जे भन्यौ हामी त्यही गर्नेछौ।” 35 अनि यसैकारण त्यस दिन लाबानले सबै टाटेपाटे बाख्रा र बाख्रीहरू ती सबै सेतो टाटा भएका अनि प्रत्येक काला भेंडाका पाठाहरू आफ्नो बथानबाट निकाले। उनले आफ्नो छोरोलाई तिनीहरूलाई हेरचाह गर्नु भने। 36 यसर्थ छोरो चाँहिले सबै दाग भएका भेंडा बाख्राहरू लिएर अर्कै भूमिमा गए। तिनीहरू तीन दिनसम्म यात्रा गरे। याकूब बसे अनि रहेको वस्तुहरूको हेरचाह गरे। तर त्यहाँ थोप्ले तथा कालो भेंडा बाख्राहरू कुनै पनि थिएन।

37 यसर्थ याकूबले बदाम र पहाडी पिपलका काँचो हाँगाहरू काटेर बोक्रा ताछ्यो जसले गर्दा ती हाँगाहरूमा सेतो धर्काहरू भए। 38 याकूबले ती हाँगाहरू पानी भएको ठाउँमा भेंडा-बाख्राहरूको अघि राख्यो। जब पशुहरू पानी पिउन आए तब त्यहाँ तिनीहरूले प्रजनन क्रीडा पनि गरे। 39 जब ती पशुहरू ती हाँगाहरूको सामुन्ने प्रजनन क्रीडामा लागे तब तिनीहरूले जो पाठाहरू जन्माए कालो, सिंगारे अनि थोप्ले थिए।

40 याकूबले ती कालो, सिंगारे अनि थोप्ले पशुहरूलाई अरूबाट बेग्लै राख्यो। उनले यसरी आफ्नो पशुहरू लाबानको पशुहरूबाट बेग्लै गर्यो अनि तिनीहरूलाई लाबानको भेंडा बाख्राहरूसित मिसिन दिएन। 41 जहिले पनि कुनै स्वास्थ्य भेंडाहरू प्रजनन क्रीडामा लाग्थे तब याकूबले ती दागवाला हाँगाहरू तिनीहरूको नजरअघि राखि दिन्थ्यो। ती हाँगाहरूको सामुन्ने ती भेंडा बाख्राले प्रजनन् क्रीडा गर्थे। 42 तर जब कमजोर भेंडा बाख्राहरू प्रजनन् क्रीडामा लाग्थे तब याकूबले ती हाँगाहरू तिनीहरूको सामुन्नेमा राख्दैनथ्यो। यसरी कमजोर पशुहरूबाट जन्मेका पाठाहरू लाबानको हुन्थे। स्वास्थ्य पशुहरूबाट जन्मेका पाठाहरू सबै याकूबको हुन्थे। 43 यसरी याकूब धेरै धनी भयो। उसित धेरै भेंडा बाख्रा, धेरै नोकरहरू ऊँट र गधाहरू थिए।

विदाइको बेला याकूब भाग्छन्

31 एकदिन याकूबले लाबानको छोराहरू कुरा गरिरहेको सुन्यो। तिनीहरूले भने, “हाम्रा बाबुसित भएको सम्पत्तिहरू याकूबले सबै लग्यो। याकूब धनी मानिस भयो। अनि उनले हाम्रा बाबुको सबै सम्पत्तिहरू लग्यो।” याकूबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन। परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसँग हुनेछु।”

यसर्थ याकूबले राहेल र लेआलाई भेंडा बाख्राहरू राख्ने खेतमा भेट्नु भन्यो। राहेल र लेआलाई याकूबले भने, “मैले थाहा पाएँ तिम्रा बाबु मसित रिसाएका छन्। तिनी मसित सधैँ पहिले जस्तो राम्रो कुरा गर्दैनन्। तिमीहरू दुवैजनालाई थाहा छ तिम्रा बाबुको निम्ति त्यति मेहनत गरें जति मैले गर्न सक्थें। तर तिमीहरूका बाबुले मलाई धोका दिए। उनले मेरो ज्याला दश पल्ट बद्ली गरे। तर यी सबै समयमा परमेश्वरले मलाई उनको धोकाबाट बचाउनु भयो।

“एक पल्ट लाबानले भने, ‘तिमीले थोप्ले जति सबै बाख्राहरू राख्न सक्छौ, यही तिम्रो ज्याला हुनेछ।’ जब उनले त्यसो भने, तब सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। यसर्थ ती सबै मेरा थिए। तर लाबानले भने, ‘म थोप्ले बाख्राहरू राख्छु। सबै सिंगारे बाख्राहरू तिमी राख्न सक्छौ। त्यही तिम्रो ज्याला हुनेछ।’ तिनले त्यसो भनेपछि सबै पशुहरूले सिंगारे पाठाहरू ब्याए। यसर्थ परमेश्वरले सबै पशुहरू तिम्रो बाबुबाट लिएर मलाई दिनु भएको छ।

10 “पशुहरू जब प्रजनन क्रीडामा थिए मैले एउटा सपना देखें। मैले देखें ती सबै नर पशुहरू जो प्रजनन क्रीडामा लागेका थिए तिनीहरू मात्र थोप्ले र सिंगारे थिए। 11 परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, ‘याकूब।’

“मैले भनें, ‘हजुर।’

12 “त्यो स्वर्गदूतले भने, ‘हेर, खाली थोप्ले र सिंगारे बाख्राहरू मात्र प्रजनन क्रीडामा छन्। म यस्तै गराउँदै छु। लाबान तिमीसित सबै भूल काम गरिरहेका छन्। सबै नयाँ जन्मेका पाठा-पाठीहरू तिम्रा हुन् भनेर म यस्तो गरिरहेको छु। 13 म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।’”

14-15 राहेल अनि लेआले याकूबलाई उत्तर दिए, “हामीले हाम्रो बुबाबाट उनको मृत्युपछि पाउने केही छैन। उनले हामीसित पराइ जस्तो व्यवहार गरे। उनले हामीलाई तिमीकहाँ बेचिदिए। अनि त्यो बाहेक उनले पैसाको प्रत्येक भाग खर्च गरे जो हाम्रो कारण पाएका थिए। 16 परमेश्वरले हाम्रो बाबुबाट सबै सम्पति लिनु भयो अनि अहिले त्यो हाम्रो र हाम्रो नानीहरूको निम्ति भयो। यसर्थ तिमीले त्यही गर्नु पर्छ, जुन परमेश्वरले गर्नु भन्नु हुन्छ।”

मत्ती 10:1-23

येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ

(मर्कूस 3:13-19; 6:7-13; लूका 6:12-16; 9:1-6)

10 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ:

शिमोन (जसलाई पत्रुस पनि भनिन्छ),

अनि उसको दाज्यू अन्द्रियास,

जब्दीको छोरो याकूब,

अनि उसको भाइ यूहन्ना,

फिलिप,

बारथोलोमाइ,

थोमा,

महसूल उठाउने मत्ती,

अल्फयसको छोरो याकूब,

थेदियस,

शिमोन कनानी,

र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)।

येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ। बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’ रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ। तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ। 10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।

11 “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। 12 तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ 13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। 14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। 15 तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।

येशूद्वारा समस्याहरू बारे चेताउनी

(मर्कूस 13:9-13; लूका 21:12-17)

16 “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन। 17 सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्। 18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। 19 जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ। 20 वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफैं तिमीहरूबाट बोल्नुहुनेछ।

21 “दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्द हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्‌यन्त्र गर्नेछन्। 22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। 23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

भजनसंग्रह 12

प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।

हे परमप्रभु मलाई बचाउँनु होस्!
    अब धार्मिक मानिसहरू छैनन्।
    त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
    प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
    परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
    के भन्नु पर्ने हामी जान्दछौं,
    यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
तर परमप्रभु भन्नुहुन्छ,
    “दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
    तर म ती असहाय मानिसहरूको
    पक्ष लिएर लडाइईँ गर्नेछु।”
परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
    तातो आगोमा बिलाएको चाँदी जस्तो,
    तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
    तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
    तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
    जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

हितोपदेश 3:13-15

13 धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो। 14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। 15 ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मुल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International