Print Page Options
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 शमूएल 29-31

दाऊद हामीसित आउनसक्दैन

29 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले। पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।

पलिश्ती कप्तानहरूले सोधे, “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?”

आकीशले ती कप्तानहरूलाई भने, “यिनी दाऊद हुन्। दाऊद शाऊलका अधिकारीहरू मध्ये एकजना थिए। दाऊद मसँग धेरै अघिदेखि छन्। शाऊललाई त्यागेर आए र मसँग बस्न थाले यता मैले कुनै भूल-त्रुटी दाऊदमा पाइनँ।”

तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा ऊ फर्कनु पर्छ। रणभूमिमा ऊ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ। दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः

‘शाऊलले हजार शत्रुहरू मारे,
    तर दाऊदले दश हजार मारे।’”

यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्। शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।”

दाऊदले सोधे, “मेरो गल्ती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?”

आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’ 10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।”

11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाँहि यिज्रेल तिर बढे।

अमालेकीहरूले सिकलगमाथि आक्रमण गरे

30 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए। तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।

जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्। त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए। अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।

सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।”

दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौं? म तिनीहरूलाई पक्रन सक्छु?”

परमप्रभुले भन्नु भयो, “तिनीहरूलाई पछ्याऊ, तिनीहरूलाई पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बँचाउन सक्छौ।”

दाऊद र तिनका मानिसहरूले मिश्री दासलाई पाउँछन्

9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोर खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीं बसे। त्यहाँ बस्नुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले।

11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए। 12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाएपछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।

13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?”

त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए। 14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”

15 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”

त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”

दाऊदले अमालेकीहरूलाई हराउँछन्

16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए। 17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।

18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। 19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। 20 सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”

भागबण्डा सबैमा बराबर हुने

21 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए। 22 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”

23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो। 24 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।” 25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

26 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”

27 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा, 28 अरोएर, सिपमोत, एस्तमो, 29 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा, 30 होर्मामा, बोराशानमा, अत्ताकमा, 31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।

शाऊलको मृत्यु

31 पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए। पलिश्तीहरू शाऊल र तिनका छोराहरू विरूद्ध तीव्रता पूर्वक लडे। पलिश्तीहरूले शाऊलका छोरा जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे।

त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए। शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।

नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो। यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।

पलिश्तीहरूले शाऊलको मृत्युमा आनन्द मनाए

बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।

अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए। पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए। 10 तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लास चाँहि बेतशानको भित्तामा झुण्डाए।

11 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने। 12 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए। 13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।

यूहन्ना 11:55-12:19

55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैंलाई शुद्ध पार्नलाई। 56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?” 57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।

येशू आफ्ना मित्रहरूसँग बेथानीमा

(मत्ती 26:6-13; मर्कूस 14:3-9)

12 निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँड्ने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।

यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन। उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वद्लामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।” यहूदा आफैं गरीबहरूसँग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला-बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ। गरीब मानिसहरू सधैँ तिमीसँग हुनेछन्। तर म तिमीहरूसँग सधैँ बस्ने छैन।”

लाजरस विरुद्ध षड़यन्त्र

येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट बचाउनु भएको थियो। 10 यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे। 11 लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।

येशू राजा झैं यरूशलेमा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; लूका 19:28-40)

12 अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए।

13 मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए,

“‘उहाँको प्रशंसा गर!’
    ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्,
    जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’[a]

परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”

14 येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो,

15 “हे सियोन शहर[b] नडराऊ!
    हेर! तिम्रो राजा आइरहेछ।
    उनी गधाको बछेड़ामाथि चडेर आइरहेका छन्।”[c]

16 येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।

17 जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। 18 धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। 19 यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”

भजनसंग्रह 118:1-18

परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
इस्राएल ले यसो भन्छ,
    “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
पूजाहारीहरू यसो भन्छन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्,
    “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”

म सङ्कटहरूमा फँसेको थिएँ।
यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें।
    परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन।
    मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउनँ सक्तैन।
परमप्रभु मेरो सहयोगी हुनुहुन्छ
    म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
मानिसहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा
    परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।

10 धेरै शत्रुहरूले मलाई घेरेर राखे
    तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
11 शत्रुहरूले मलाई घरि-घरि घेरी रहे।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
12 शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ।
    तर तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ।
    मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।

13 मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए।
    तर परमप्रभुले मलाई साथ दिनुभयो।
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
    उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

17 म बाँच्ने छु मर्ने छैन
    अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
    तर उहाँले मलाई मर्न दिनु भएन।

हितोपदेश 15:24-26

24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ।

25 अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ।

26 दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International