The Daily Audio Bible
Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.
यर्दन नदीको पूर्व पट्टि बसेका कुल समूहहरू
32 रूबेन र गाद वंशका मानिसहरूको धेरै-धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे। 2 यसर्थ रूबेन र गाद कुलका मानिसहरू मोशा, पूजाहारी एलाजार तथा इज्राएली मानिसहरूको प्रधानहरूकहाँ गई भने, 3 “अतारोत, दीबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नबो अनि बओन 4 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले। 5 यदि तपाईं हामीसित खुशी हुनुहुन्छ भने ती भूमिहरू हामीलाई दिइयोस्। हामी यर्दन नदी पारी जानु नपरोस्।”
6 मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दाज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा-सर्वदा बस्दा? 7 यर्दन नदी पारी परमप्रभुले तिनीहरूलाई दिन चहानु भएको भूमिमा जानलाई किन तिमीहरू इस्राएली मानिसहरूलाई निरूत्साहित पार्न चेष्टा गरिरहेकाछौ? 8 तिमीहरूका बाबुहरूले पनि त्यसै गरेका थिए जति बेला मैले तिनीहरूलाई कादेश-बर्नेबाट त्यो भूमिको जाँच गर्न पठाएको थिएँ। 9 तिनीहरू एश्कोल बेंसी सम्म पुगे अनि त्यो भूमिको निरीक्षण पनि गरे तर तिनीहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले दिनु भएको भूमिमा जान हतोत्साहित बनाए। 10 यसर्थ ती मानिसहरूसित परमप्रभु रिसाउनु भयो र शपथ गर्नु भयो कि, 11 ‘बीस अनि बीस भन्दा वेशी उमेर पुगेका मानिसहरू जो मिश्रबाट आएका छन् तिनीहरूलाई मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्। 12 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’
13 “इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउन्जेल चालीस बर्ष सम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यता उता डुलाउनु भयो। 14 हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ। 15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।”
16 तर रूबेन र गाद कुलका मानिसहरू मोशाकहाँ गएर भने, “हामी यहाँ आफ्नो गाई वस्तुहरूको निम्ति गोठ तथा जहान बाल-बच्चाहरूको निम्ति शहर तयार पार्छौ। 17 तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई स-हर्षसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ। 18 जबसम्म ती मानिसहरूले आफ्नो-आफ्नो हिस्साको भूमि पूरै दखलमा गर्दैनन् तबसम्म हामी आफ्नो घर फर्केर आउने छैनौं। 19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि, पूर्व पट्टि नै हुनेछ।”
20 तब मोशाले तिनीहरूलाई भने, “यदि तिमीहरू यी सब कामहरू गर्छौ भने यो भूमि तिमीहरूकै हुन्छ। तर तिमीहरूका सेनाहरू परमप्रभु सम्मुख युद्धमा जानै पर्छ। 21 तिमीहरूका सेनाहरूले यर्दन नदी पार गरी शत्रुहरूलाई बलपूर्वक त्यो भूमिबाट निकाल्नु नै पर्छ। 22 तिमीहरू त्यति बेला आफ्नो घर फर्कनु सक्छौ जब परमप्रभुले हामीलाई पूरा भूमि लिन सहायता गर्नु हुन्छ। तब परमप्रभु र इस्राएलका मानिसहरूले तिमीहरूलाई दोषी ठराउदैनन्। परमप्रभुले तिमीहरूलाई तिमीहरूको भूमि ग्रहण गर्न दिनु हुन्छ। 23 तर यदि तिमीहरूले यी कामहरू गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ। 24 गाई-वस्तुहरूको निम्ति गोठ र बाल-बच्चाहरूको निम्ति शहरहरू बनाऊ, तर याद गर कि तिमीहरूले आफ्नो प्रतिज्ञा पूरा गर्नुपर्छ।”
25 त्यसपछि रूबेन र गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं। 26 हाम्रा जहान बाल-बच्चाहरू र गाई-वस्तुहरू यहीं गिलाद शहरमा रहनेछ। 27 तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पारी युद्धमा जानेछौं।”
28 तब मोशा, पूजाहारी एलाजारले आज्ञा दिए, नूनको छोरो यहोशू अनि इस्राएली मानिसहरूका प्रधानहरूले तिनीहरूलाई आदर गर्नेछ। 29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका मानिसहरू यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हिंड्दै युद्धमा जानेछन् र तिमीहरूलाई भूमि दखल गर्नु सहायता गर्नेछन्। अनि तिमीहरूले तिनीहरूलाई गिलादको भूमि तिनीहरूकै भाग पार्न दिनेछौ। 30 तर यदि तिनीहरू तिमीहरूसित युद्धमा गएनन् भने, तिनीहरूले कनान भूमिमा तिमीहरूसित उत्तराधिकार भाग मात्र पाउने छन्।”
31 गाद र रूबेनका मानिसहरूले उत्तर दिए, “परमप्रभुबाट जो आज्ञा हुन्छ त्यो पूरा गर्न हामी प्रतिज्ञा गर्छौ। 32 हामी यर्दन नदी पार गरी परमप्रभुको अघिबाट हुँदै कनानको भूमिमा जानेछौ। अनि हाम्रो भूभाग यर्दन नदीको पूर्व भाग हुनेछ।”
33 यसकारण मोशाले त्यो भूमि गादका मानिसहरू रूबेनका मानिसरू अनि मनश्शेका आधा कुल समूहहरूलाई दिए। (मनश्शे यूसुफका छोरा थिए।) त्यो भूमि एमोरीहरूको राज्य सीहोन र ओगका राज्य, बशानका राजा सम्मिलित हुन्छ। त्यो भूमिमा वरिपरिका सबै शहरहरू सम्मिलित भए।
34 गादका मानिसहरूले दीबोन, अतारोत, अरोएर शहरहरू बनाए। 35 अतारोत-शोपान, याजेर, योगबहा, 36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेंडाको खोरहरू निर्माण गरेका थिए।
37 रूबेनका कुलले हेशबोन, एलाले, किर्यातैम, 38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।
39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे। 40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे। 41 मनश्शे कुलका याईर गई त्यहाँका साना-साना शहरहरू जिते। तब तिनीहरूले ती शहरहरूको नाम याईरका शहरहरू, स-साना राखे। 42 नोबहले केनात र यसका स-साना शहरहरू पराजित गरे उसलाई सबै ठाउँहरूलाई उसको आफ्नै नाम नोबह दिए।
मिश्रदेशबाट इस्राएलीहरूको यात्रा
33 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्। 2 मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
3 पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे। 4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे। 6 सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरुभूमिको किनारमा छाउनी हाले। 7 तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
8 ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरुभूमिमा पसे एतामको मरुभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यहीं छाउनी बसाले।
10 ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
11 तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरुभूमिमा छाउनी हाले।
12 ती मानिसहरूले सीन मरुभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
13 ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
14 ती मानिसहरूले आलूशबाट यात्रा गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले।
16 ती मानिसहरूले सीनै मरुभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
17 ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
18 ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
19 ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
20 ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
21 ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
22 ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
24 ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
25 ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
26 ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
27 ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
28 ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
29 ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
30 ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
31 ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
32 ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
33 ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
34 ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
35 ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
36 ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरुभूमिको कादेशमा छाउनी हाले।
37 ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो। 38 परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस बर्ष पुगेको थियो। 39 जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 बर्ष भएको थियो।
येशूद्वारा दुष्टात्मा लागेको मानिस निको भएको
(मर्कूस 1:21-28)
31 गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो। 32 तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।
33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो। 34 “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।” 35 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूईँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।” 37 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।
येशूद्वारा पत्रुसकी पत्नीको आमा निको भएकी
(मत्ती 8:14-17; मर्कूस 1:29-34)
38 येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। 39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।
येशूद्वारा धेरै मानिसहरू निको भएको
40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। 41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
येशूको विभिन्न शहरहरूमा प्रस्थान
(मर्कूस 1:35-39)
42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। 43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
पत्रुस, याकूब र यूहन्ना येशूको पछि लागे
(मत्ती 4:18-22; मर्कूस 1:16-20)
5 येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। 2 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। 3 उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।
4 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”
5 शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” 6 तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। 7 तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” 10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए।
येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।
प्रमुख संगीतकारलाई: दाऊदको भजन।
1 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्।
मेरो शत्रुले मलाई धमास दिएको छ।
त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!
2 मेरो शत्रुहरूका षड्यन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्।
ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्।
तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्,
तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।
4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट
ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताक्छन्।
5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काउँछन्।
तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्।
तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”
6 तिनीहरूले पासोहरू लुकाएका छन्।
तिनीहरूले शिकार खोजीरहेका हुन्छन्।
मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।
7 तर परमेश्वरले पनि आफ्ना काँडहरू हान्न सक्नु हुन्छ!
अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।
8 दुष्ट मानिसहरूले अरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्।
तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ,
अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ।
तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हल्लाउने छन्।
9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्।
अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्।
तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ।
कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।
10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ।
ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ,
तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।
22 एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
© 2004, 2010 Bible League International